काठमाडौं, २० भदौ । ललितपुर लगाइएको कफ्र्यू हटेको छ । आजदेखि ६ दिनसम्म ललितपुरको रथ रहेको क्षेत्र वरिपरि ५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नदिइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने आदेश जारी गरेको हो । बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पाटन क्षेत्रमा झडप भएपछि शुक्रबार बिहानैदेखि कर्फ्यू लगाएको थियो ।

रातो मत्स्येन्द्रनाथ भएको पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा ललितपुर महनगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभिसर्य स्कलुल र उत्तरमा बखुण्डो चोक अगाडिको ५ जना भन्दा बढी भेला हुन नपाइने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।
आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने जनाइएको छ।




