advertisement

त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । केहीवेरपछि एक जना प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।

उनलाई मोटसाइलबाट थुतेर लछारपछार गर्दै मुक्का प्रहार भएको छ। जबकि उनको भूमिका भिडलाई नियन्त्रण गर्ने भन्ने केही थिएन। उनी बिहानैदेखि ड्युटीमा खटिएका दिए – सवारी व्यवस्थपनका लागि।

महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको भन्दै सुरक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजी भइरहेको बताए ।

घाइते जवानको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा चोट लागेको छ। टाउको, हातखुट्टा, ढाडमा गहिरो चोट लागेको छ।

उनले प्रयोग गर्दै आएको मोबाइल हराएको छ भने आन्दोलनकारीले उनी चढेको मोटरसाइकल जलाएका छन्। उनलाई नियन्त्रणमा लिएर आन्दोलनकारीले ७ सय मिटर परसम्म लगेको प्रहरीले जनाएको छ। त्यसपछि भने प्रहरीको टोलीले उनको उद्धार गरेको थियो।

" /> काेराेना महामारीका वेला पनि काममा खटिएका ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट - Sarbocha Media

काेराेना महामारीका वेला पनि काममा खटिएका ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट

`

     २०७७ भाद्र १८ गते १०:४४

काठमाडौं, १८ भदौ। ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् ।

कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए ।

लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।

advertisement

त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । केहीवेरपछि एक जना प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।

उनलाई मोटसाइलबाट थुतेर लछारपछार गर्दै मुक्का प्रहार भएको छ। जबकि उनको भूमिका भिडलाई नियन्त्रण गर्ने भन्ने केही थिएन। उनी बिहानैदेखि ड्युटीमा खटिएका दिए – सवारी व्यवस्थपनका लागि।

महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको भन्दै सुरक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दोषीको खोजी भइरहेको बताए ।

घाइते जवानको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा चोट लागेको छ। टाउको, हातखुट्टा, ढाडमा गहिरो चोट लागेको छ।

उनले प्रयोग गर्दै आएको मोबाइल हराएको छ भने आन्दोलनकारीले उनी चढेको मोटरसाइकल जलाएका छन्। उनलाई नियन्त्रणमा लिएर आन्दोलनकारीले ७ सय मिटर परसम्म लगेको प्रहरीले जनाएको छ। त्यसपछि भने प्रहरीको टोलीले उनको उद्धार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?