advertisement

प्रहरी जवान यादवले भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको बतााइएको छ । उनलाई अख्तियारको बर्दिबासबाट खटिएको टोलीेले नियन्त्रणमा लिएको जनाइएको छ ।

अख्तियारका अनुसार नियन्त्रणमा लिएका यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

" /> भारतबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै घुस लिएका प्रहरी पक्राउ - Sarbocha Media

भारतबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै घुस लिएका प्रहरी पक्राउ

`

     २०७६ माघ ०८ गते ७:०६

सिराहा, ०८ माघ । सिराहामा ५ हजार रुपैयाँ घुससहित एक प्रहरी जवान पक्राउ परेका छन् ।

बुधबार बिहान घुससहित नियन्त्रणमा लिएका इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।

advertisement

प्रहरी जवान यादवले भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको बतााइएको छ । उनलाई अख्तियारको बर्दिबासबाट खटिएको टोलीेले नियन्त्रणमा लिएको जनाइएको छ ।

अख्तियारका अनुसार नियन्त्रणमा लिएका यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?