काठमाडौं, ८ माघ । आज देशभरका पहाडी र हिमाली भू–भागमा मौसम सफा रहने जल तथा मौसम विभाग जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम बुधवारदेखि सफा हुने छ । तर तराईका भू–भागमा भने हुस्सुरकुहिरो रहने बताइएको छ ।

विगत केही दिनयता वर्षा र हिमपातका कारण हिमाली र उच्च पहाडी भागको जनजीवन प्रभावित भएकोमा अब सामान्य हुँदै जाने जनाइएको छ । काठमाडाैं उपत्यकामा पनि बुधबारकाे माैसम सफा नैरहेकाे छ ।



