advertisement

यसअघि अमेरिकामै मोडर्ना र फाइजररबायोएनटेक खोप तेस्रो चरणको परीक्षणमा गइसकेको सिएनएनले जनाएको छ ।

" /> बेलायती कम्पनीको खोप तेस्रो चरणको परीक्षणमा - Sarbocha Media

बेलायती कम्पनीको खोप तेस्रो चरणको परीक्षणमा

`

     २०७७ भाद्र १७ गते ५:३४

एजेन्सी, १७ भदौ । विश्वका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको खोप बनाउन दिनरात खटिरहेका छन् । यस्तै
बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोनाविरुद्ध निर्माण गरिरहेको खोपको क्लिनिकल तेस्रो चरणमा प्रवेश गरेको जनाएको छ।

उक्त खोपको परीक्षण संयुक्त राज्य अमेरिकामा भइरहेको छ । हाल अमेरिकामा परीक्षणमा रहेकामध्ये अन्तिम चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो स्थानमा छ ।

अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा विकास गरिएको यो खोपलाई अमेरिकी संघीय सरकारले समर्थन जनाउनुका साथै १८ वर्ष वा सोभन्दा माथिका विभिन्न जातीय र भौगोलिक समूहहरूबाट ३० हजार नागरिकमा परीक्षण अनुमति दिइसकेको छ ।

advertisement

यसअघि अमेरिकामै मोडर्ना र फाइजररबायोएनटेक खोप तेस्रो चरणको परीक्षणमा गइसकेको सिएनएनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?