काठमाडौं, १६ भदौं । केन्द्रीय कारागार सुन्धाराका चार कैदीको मृत्यु भएको छ । एक जनाको सोमबार राति र तीन जनाको मंगलबार बिहान मृत्यु भएको कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।
कैदीमध्ये एक जनामा कोरोना संक्रमण देखिएपछि राजधानीकै मेगा अस्पतालमा उपचार भइरहेको थियो ।

बाँकी तीन जनाको वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणबाट कञ्चनपुरका एक पुरुषको ज्यान गएको हो । ज्यान जाने अन्य तीन जना ६० वर्षीय, ६४ वर्षीय र ५८ वर्षीय पुरुषहरु बाहिरबाट ल्याइएका कैदी हुन् ।
उपचारका लागि केन्द्रीय कारागारस्थित अस्पतालमा ल्याइएको थियो । केन्द्रीय कारागारमा मात्रै कोरोना संक्रमित कैदीको संख्या ५२ पुगेको छ ।




