चितवन, १६ भदौ। चितवनमा थप तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
अस्पतालका अनुसार भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोनाबाट ज्यान गएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको जनाइएको छ।
भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु छन् । उनीहरूका आफन्तले अस्पतालमा दिएको जानकारी अनुसार दुई दिन अघिसम्म उनीहरूमा स्वास्थ्य सम्बन्धी खासै समस्या थिएन ।

एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले एक्कासी लक्षण देखिएर राम्रोसँग उपचार गर्न पनि नपाउँदै बिरामीको मृत्यु भएको बताए ।




