बुटवल, १५ भदौ। रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको ज्यान गएको छ । होम आइसोलेसनमै बसेकी तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ज्यान गएको जनाइएको छ।
कोरोना संक्रमित महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरेका छन् । उनको भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।




