रौतहट, १५ भदौ । रौतहटमा एक महिला मृतावस्थामा फेला परेकी छन् ।
मृतावस्थामा फेला परेकी एक ४० वर्षीया महिला गढीमाई नगरपालिका–३ लक्षमीपुरकी मिन्त्री देवी रहेको खुलेको छ ।
शव आइतवार गाँउछेउकै उखुुघारीमा फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गरी सालले घाँटी कसेर हत्या गरिएको अवस्थामा मिन्त्री देवीको शव फेला परेको जिल्ला प्रहरीले जानकारी दिए ।

घटना प्रकृतिअनुसार बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको जनाएको छ ।




