काठमाडौं, १५ भदौ । लामो दूरीका सार्वजनिक सवारी साधन भदौ मसान्तसम्म नचल्ने भएको छ ।
सरकारले लामो दूरीका सार्वजनिक सवारी साधन भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना महामारी बढेको निष्कर्ष निकाल्दै लामो, मध्यम तथा छोटो दूरीका सवारी साधनहरु भदौ मसान्तसम्मका लागि बन्द गरेको बताइएको छ ।

यस अगाडि भदौ १५ गतेबाट लामो, था छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।




