एजेन्सी, ०८ माघ । बलिउडकी अभिनेत्री दीपिका पादुकोण पछिल्लो समय विवादमा परेकी छिन् । उनी कहिले जेएनयू त कहीले टीकटकको विषयलाईका कारण विवादमा परेकी हुन् ।
दीपिका दयाँलु र मायालु देखिन्छ । कुनै पनि कार्यक्रमा प्रस्तुत हुँदा उनको त्यो स्वभाव देखिन्छ । यो कारणले गर्दा पनि दीपिकाले दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा प्रदर्शन गरिरहेका विद्यार्थीलाई भेट्न पुगेकी हुन सक्छ। तर अरुले उनलाई त्यो नजरले नहरी फिल्म प्रमोसनका लागि पुगेकी भन्ने आरोप लगाए ।
पादुकाेनले बनाएको टिकटक च्यालेन्जलाई लिएर नकारात्मक टिप्पणी शुरु भएको छ । एसिड पीडित लक्ष्मी अग्रवालको वास्तविक कथामा आधारित फिल्म ‘छपाक’मा अभिनय गरेकी दीपिकामाथि सामाजिक सञ्जालमा टिकटक इन्फ्लुएन्सरलाई ‘छपाक’को लुक्समा देखिन गरेको टिकटक च्यालेन्जको भिडियोलाई लिएर आक्रोश बढेको हो ।

दीपिकाको यस टिकटक चुनौतीलाई संवेदनहिन, मूर्खतापूर्ण र प्रचार प्रसारको सबैभन्दा घटिया तरीका भनेर खेद प्रकट गरिएको छ । साथै उनलाई आफूले के गर्दैछु भनेर लाज समेत नलागेको भन्दै रोष प्रकट गरेका छन् । लाग्न पर्ने हो सोशल मिडियामा भाइरल भएको ३९ सेकेण्डको भिडियोमा दीपिकाले मेकअप आर्टिस्ट फेबीलाई आफ्नो सबैभन्दा मन पर्ने तीन लुक्स रिक्रियट गर्ने चुनौती दिन्छिन् ।
जसमा पहिलो दीपिकाकै पहिलो फिल्म ‘ओम शान्ती ओम’ दोस्रो ‘पिकु’ र तेस्रो ‘छपाक’को लुक्स रहेको छ । दीपिकाको चुनौती स्विकार गरेकी फेबीको ‘छपाक’ लुक्सलाई लिएर धेरैले तेजाब पीडितको भावनासँग खेलवाड गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
यो फिल्म रिलिजपछि दीपिकामाथि विभिन्न आरोपहरु आइरहेको छ । कहीले फिल्म चलेन, राजनीतिक पार्टीलाई समर्थन दिइन्, र कहीले टीकटकको विषयलाई लिएर उनीमाथि विभिन्न आरोप लगाइरहेका छन् । यो अनुसार दीपिकालाई फिल्म ‘छपाक’नफापेको देखिन्छ ।



