बैतडी, ०८ माघ । डिलाशैनी गाउँपालिका– ३ को सम्पर्क कार्यालयमा बुधबार बिहान आगजनी गरेको छ । अज्ञात समूहले पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।
गाउँपालिकाले भाडामा लिएको नेकपाका अध्यक्ष सुरेन्द्र पालको स्कारपियोमा पनि आगजनी गरिएको बताइएको छ । गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा आगजानी गर्नुको साथै अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम राखिएको पाइएको छ । गजनी र बम कसले गरेको भन्न्नेबारे भने अहिले नै नखुलेको बताइएको छ । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।

राज्य पुनःस्थापना हुँदा गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयवासीको आरोप रहेको छ ।



