advertisement

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १२ हजार १७ जनाको पीसीआर परीक्षण गर्दा १२ सय २१ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा २६७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ८२२ पुगेको छ। यो निको हुनेको संख्या ५४ प्रतिशत हो।

अहिले क्वारेन्टाइनमा ७ हजार ७९७ जना रहेका छन्। नेपाल संक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ९०६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ८२ हजार ३४३ पुगेको छ।

" /> कोरोनाबाट २४ घण्टामा १४ जनाको मृत्यु, मृतककाे संख्या २२१ पुग्यो - Sarbocha Media

कोरोनाबाट २४ घण्टामा १४ जनाको मृत्यु, मृतककाे संख्या २२१ पुग्यो

`

     २०७७ भाद्र १४ गते ११:०४

काठमाडौं, १४ भदाै । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २२१ पुगेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरुषको मृत्यु भएको हो। आइतबार कोरोनाले मृत्यु पुष्टि भएका चार महिलामध्ये सुनसरी ७४, बारा ४७, महोत्तरी ६२ र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन्।

त्यसैगरी सुनसरी ६०, मोरङका ६२, महोत्तरी ७० र ३५, रौतहटका ३०, ललितपुरका २९, भक्तपुरका ६५, नवलपरासीका ६२, रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ३४८ महिला र ८७३ पुरुष गरेर १२ सय २१ जनामा संक्रमण पुष्टि भएको हो।

advertisement

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १२ हजार १७ जनाको पीसीआर परीक्षण गर्दा १२ सय २१ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा २६७ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ८२२ पुगेको छ। यो निको हुनेको संख्या ५४ प्रतिशत हो।

अहिले क्वारेन्टाइनमा ७ हजार ७९७ जना रहेका छन्। नेपाल संक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ९०६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ८२ हजार ३४३ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?