काठमाडौं, १४ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गङ्गा चौधरी सत्गौवाले कुलमान घिसिङलाई फेरि प्राधिकरणमा फेरि दोहोर्याउनु पर्ने अभिव्यक्ति दिएकी छन् ।
१८ घण्टासम्म बढेको लोडसेडिङ हटाउन भूमिका खेलका कुलमान घिसिङको कार्यकाल दोहोेर्याउनुपर्ने अभिव्यक्ति उनले राखेकी हुन्। विभिन्न पदमा पटक–पटक नियुक्त दिने गरिएकोमा कुलमानलाई भने किन नमिल्ने ? भनेर उनले प्रश्न गरेकी छन्।
सम्धीहरुलाई निरन्तरता दिन मिल्छ भने कुलमानलाई मिल्दैन? भन्ने प्रश्न पनि थपेकी छन्। १८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालोतर्फ डोहोर्याउने उनलाई निरन्तरता दिनुपर्ने भन्दै कुलमानलाई साथ दिएकी छन् ।

सारा नेपाली कुलमानको पक्षमा रहेको हुँदा सरकार चुक्न नहुने उनको भनाई छ। साथै उनले आफूले पार्टीका शिर्ष नेतालाई भेटेर नै कुलमानलाई निरन्तरता दिन आग्रह गरिसकेको पनि बताइन्।




