advertisement

कोरोनाबाट मृत्यु भएका काठमाडौंकी महिलाको भने हिजै शव व्यवस्थापन गरिएको र भक्तपुरकी महिलाको भने शव व्यवस्थापन गर्ने तयारी भएको छ ।

" /> पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुई कोरोना संक्रमितको ज्यान गयो - Sarbocha Media

पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुई कोरोना संक्रमितको ज्यान गयो

`

     २०७७ भाद्र १३ गते ५:५९

काठमाडौंं, १३ भदौ । पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको ज्यान गएको हो ।

मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालले जनाएको छ। दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको बताएइको छ ।

काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो। काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन्। उनमा उच्च रक्तचापको समस्या थियो। यस्तै गत भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको जनाइएको छ।

advertisement

कोरोनाबाट मृत्यु भएका काठमाडौंकी महिलाको भने हिजै शव व्यवस्थापन गरिएको र भक्तपुरकी महिलाको भने शव व्यवस्थापन गर्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?