advertisement

अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड आईसीयूमा उपचार गराइरहेका पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।

अस्पतालका अनुसार भदौ ६ गते अस्पतालमा भर्ना भएका पुरुषलाई १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै चितवनमा आज एकै दिन कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

" /> चितवनमा कोरोना संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु - Sarbocha Media

चितवनमा कोरोना संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु

`

     २०७७ भाद्र १२ गते १०:३१

चितवन, १२ भदाै । नोभेल कोरोना भाइरसको संक्रमणबाट चितवनमा एकैदिन तीनजनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएसँगै शुक्रबारमात्रै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

यसअघि शुक्रबार नै चितवन मेडिकल कलेज र श्री पुष्पाञ्जली अस्पतालमा उपचारको क्रममा दुई जना संक्रमितको मृत्यु भएको थियो ।

भरतपुर अस्पतालमा उपचाररत गोरखाको आबुखैरहनी १३ का ३८ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार दिउँसो २:३० बजे मृत्यु भएको हो ।

advertisement

अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड आईसीयूमा उपचार गराइरहेका पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।

अस्पतालका अनुसार भदौ ६ गते अस्पतालमा भर्ना भएका पुरुषलाई १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै चितवनमा आज एकै दिन कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?