advertisement

‘अध्ययन गर्नुहोस । कुलमानजी मान्छे राम्रो हुनुहोला । कसैको सक्षमताको बारेमा मैले किन प्रश्न उठाउने ? तर, तपाईले जसरी व्याख्या गरिरहनुभएको छ, मान्छे हेर्नुहोस कहिल्यै भगवान हुन सक्दैन् । जनताले आफ्नो विचार राख्न स्वतन्त्र हुनुहुन्छ । सक्षम हुनुहुन्छ । जनताको अभिमत नै निर्णायक हो भनेर रहेन । यो सोसल मिडिया भनेको प्रायोजित हो,’ उनले भने ।

कुलमानको कार्यकालमा विद्युत चुहावटमा राम्रो सफलता भएको उनको भनाई थियो । तर, अरुलाई नराम्रो देखाएर आफू राम्रो देखिन खोजेको आरोप लगाए । ‘उहाँले विद्युत चुहावट घटाउनुभएको हो,’ मुकेश काफ्लेले  भने ।

" /> लोडसेडिङ अन्त्यको श्रेय कुलमानलाई दिन मिल्दैन : मुकेश काफ्ले - Sarbocha Media

लोडसेडिङ अन्त्यको श्रेय कुलमानलाई दिन मिल्दैन : मुकेश काफ्ले

`

     २०७७ भाद्र ११ गते ८:३८

काठमाडौं, ११ भदौ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङप्रति असन्तुष्ट छन् । आफूले विगतमा खडा गरेको आधारले विद्युतका क्षेत्रमा भएको सकारात्मक नतिजाको जस कुलमानले लिएको उनको आरोप छ । तर, उनले केही काममा भने कुलमानको प्रशंशा गरे ।

उनले नेपालमा लोडसेडिङ अन्त्य गरेको भनेर कुलमान घिसिङलाई श्रेय दिन नमिल्ने समेत बताए । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने,’कसरी मिल्छ ? तपाईजत्तिको एउटा यत्रो बरिष्ठ पत्रकारले यो चाकडीको भाषा बोल्न छोड्नुहोस न । तथ्यमा जानुहोस ।

advertisement

‘अध्ययन गर्नुहोस । कुलमानजी मान्छे राम्रो हुनुहोला । कसैको सक्षमताको बारेमा मैले किन प्रश्न उठाउने ? तर, तपाईले जसरी व्याख्या गरिरहनुभएको छ, मान्छे हेर्नुहोस कहिल्यै भगवान हुन सक्दैन् । जनताले आफ्नो विचार राख्न स्वतन्त्र हुनुहुन्छ । सक्षम हुनुहुन्छ । जनताको अभिमत नै निर्णायक हो भनेर रहेन । यो सोसल मिडिया भनेको प्रायोजित हो,’ उनले भने ।

कुलमानको कार्यकालमा विद्युत चुहावटमा राम्रो सफलता भएको उनको भनाई थियो । तर, अरुलाई नराम्रो देखाएर आफू राम्रो देखिन खोजेको आरोप लगाए । ‘उहाँले विद्युत चुहावट घटाउनुभएको हो,’ मुकेश काफ्लेले  भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?