advertisement

झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले रेलमार्गको ठेक्कालाई खुलेआम भ्रष्टाचार गर्ने माध्यम बनाउन लागिएको बताएका छन् ।

हतार-हतार मोबिलाइजेसन (पेश्की) का लागि मात्रै ठेक्का गरिएको भन्दै साइट क्लियर नगरी ठेक्का लगाउने सरकारी कार्यशैली ठीक नभएको लिङदेनले बताउँछन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै लिङ्देनले आफूहरु विकासको विरोधी नभएको भन्दै अहिलेकै अवस्थामा ठेक्का लगाएर ठेकेदारले काम गर्न साइट (कार्यस्थल) पाउने अवस्था नभएको बताए ।

" /> रेलको ठेक्का योजनावद्ध र खुलेआम भ्रष्टाचार हो : राजेन्द्र लिङ्देन - Sarbocha Media

रेलको ठेक्का योजनावद्ध र खुलेआम भ्रष्टाचार हो : राजेन्द्र लिङ्देन

`

     २०७७ भाद्र १० गते ९:५३

काठमाडौं, १० भदौ । सरकारले झापाको काँकडभिट्टादेखि सुनससरीको इनरुवासम्म रेलमार्गको ट्रयाक बेड बनाउन ठेक्का लगाउँदैछ ।

आवश्यक पूर्वतयारी नगरी ठेक्का लगाउन लागिएको भन्दै विज्ञहरुले ठेक्का प्रक्रिया रोकेर समग्र यातातात योजनाको समीक्षा गर्न सरकारलाई सुझाव दिएका छन् । विज्ञहरुले वीरगञ्ज काठमाडौं रेलमार्ग बढी प्रभावकारी हुने भन्दै झापातर्फ नलाग्न सरकारलाई भनेका छन् ।

रेलमार्गमा पर्ने जग्गाको मुआब्जा र रुख कटानको प्रक्रिया सुरु नगर्दै ठेक्का लाउने सरकारी कदमको जनप्रतिनिधिले पनि विरोध गर्न थालेका छन् ।

advertisement

झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले रेलमार्गको ठेक्कालाई खुलेआम भ्रष्टाचार गर्ने माध्यम बनाउन लागिएको बताएका छन् ।

हतार-हतार मोबिलाइजेसन (पेश्की) का लागि मात्रै ठेक्का गरिएको भन्दै साइट क्लियर नगरी ठेक्का लगाउने सरकारी कार्यशैली ठीक नभएको लिङदेनले बताउँछन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै लिङ्देनले आफूहरु विकासको विरोधी नभएको भन्दै अहिलेकै अवस्थामा ठेक्का लगाएर ठेकेदारले काम गर्न साइट (कार्यस्थल) पाउने अवस्था नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?