advertisement

मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । फेरि सरकारले उनलाई नै राख्ला की नराख्ला भन्ने चिन्त सबै जनातामा बढेको छ ।

" /> प्राधिकरणमा कुलमान घिसिङलाईनै निरन्तरता दिने भन्ने हल्ला मात्र - Sarbocha Media

प्राधिकरणमा कुलमान घिसिङलाईनै निरन्तरता दिने भन्ने हल्ला मात्र

`

     २०७७ भाद्र १० गते ७:३१

काठमाडौं, १० भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने भन्दै हिजो मंगलबार उनको ट्वीटरको फेक आइडिबाट उक्त कुरा बाहिरिएको थियो । यसबारे ऊर्जामन्त्री वर्षमान पुनले बोलेका छन् ।

ऊर्जामन्त्री पुनले कुलमान घिसिङलाई निरन्तरता दिने बारे कुनै निर्णय नभएको बताउदै यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नै नगएको बताएका छन् । विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला चलिरहेको छ।

advertisement

मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । फेरि सरकारले उनलाई नै राख्ला की नराख्ला भन्ने चिन्त सबै जनातामा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?