काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा १७ गतेसम्म थप निषेधाज्ञा हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा एक हप्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
निषेधाज्ञा थप्ने निर्णय प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले गरेको हो । भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा आजराति सकिँदै छ । काठमाडौं उपत्यकामा कोरोना सङक्रमण बढ्दै गएपछि निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको हो । निषेधाज्ञा अब भदौ १७ गते बुधबार रातिसम्म लम्बिएको छ ।

यसअघि काठमाडौं उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।




