कैलाली, १० भदौ । कैलालीमा फेरि एक जना कोरोना संक्रमितको ज्यान गएको छ । उनी जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुष रहेका छन् ।
उनको मृत्यु धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा भएको बताइएको छ । मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका उनको कोरोना पुष्टि भएको जनाइएको छ । उनको मृत्यु बुधबार बिहान मृत्यु भएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ ।




