पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अमलेखगञ्ज र त्यस मातहतको वीरगञ्ज कार्यालयका ९ कर्मचारीमा कोरोना संक्रमण
काठमाडौं,९ भदौ । पेट्रोलियम पदार्थ आपूर्ति गर्ने दुई नम्बर प्रादेशिक डिपो अमलेखगञ्ज र त्यस मातहतको वीरगञ्ज कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अमलेखगञ्ज डिपो र त्यस मातहतको वीरगञ्ज कार्यालयका ९ कर्मचारीमा कोरोना संक्रमण देखिएको बताइएको छ। देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अमलेखगञ्ज डिपो र त्यस मातहतको वीरगञ्ज कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
नेपाल आयल निगमका अनुसार सोमबार प्राप्त रिपोर्टमा अमलेखगञ्ज डिपोमा कार्यरत ६ जना र मातहतको वीरगञ्ज कार्यालयमा कार्यरत ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित कर्मचारीलाई उपचारसहितको आसोलेसनमा राखिएको र संक्रमितको सम्पर्कमा रहेका दुवै कार्यालयका कर्मचारीहरुको पीसीआर परीक्षण गरेर काममा फर्काइने बताइएको छ ।

संक्रमणपछि दुई नम्बर प्रादेशिक डिपो अमलेखगञ्ज र वीरगञ्ज कार्यालय तीन दिनका लागि बन्द गरिएको छ ।




