काठमाडौं, ९ भदौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः थप्ने भएको छ । उपत्यका नगरपालिका मेयर फोरमले काठमाडौं उपत्यकामा फेरि थप ६ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको छ।
निषेधाज्ञा भदौ १५ गतेसम्म रहने जनाइएको छ। कोरोनाको संक्रमणको दर बढेको भन्दै सोमबार बसेको बैठकले उपत्यकाका तीन वटै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधि भदौ १५ गतेसम्म बढाउन आग्रह गर्ने निर्णय भएको हो।
बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहमध्ये अत्यावश्यकबाहेकका सेवालाई भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय भएको छ।

उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवामध्ये अत्यावश्यकबाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको बताइएको छ ।




