चितवन, भदौ ८ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो।
संक्रमण पुष्टि भएका २० जना मध्य चितवनका १४ जना रहेको जनाइएको छ। नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एकरएक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। चितवन मेडिकल कलेज स्वाब संकलन केन्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मका छन्।

यसअघि आइतबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको दुई चरणको परीक्षणमागरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।




