advertisement

यस्तै डडेल्धुरा उप–क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी अछामका ३६ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी दिएका छन् ।

उनका अनुसार अछामको साँफेबगर नगरपालिकाका २५, पञ्चदेवल बिनायक नगरपालिकाकाका १० र मेल्लेख गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डोटीको शिखर नगरपालिकाका १३, केआई सिंह गाउँपालिकाका २, जोरायल गाउँपालिकाका १ जना तथा बैतडीको सिगास गाउँपालिकाका २ जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

योसहित सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार १३४ पुगेको छ । तीमध्ये ४ हजार ४३ जना निको भएका छन् भने ९ जनाको निधन भएको छ ।

" /> सुदूरपश्चिममा थप ९२ जनामा कोरोना संक्रमण - Sarbocha Media

सुदूरपश्चिममा थप ९२ जनामा कोरोना संक्रमण

`

     २०७७ भाद्र ०५ गते ९:५८

सुर्खेत, ५ भदौं । सुदूरपश्चिममा पछिल्लो २४ घण्टाभित्रै थप ९२ जनामा कोरोना संक्रमण फेला परेको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा उप–क्षेत्रीय अस्पतालको प्रयोगशाला गरिएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी अछाममा ३८ र कैलालीमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ३४ र अछामका २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका ३० र गोदावरी नगरपालिकाका ४ जना तथा अछामको बान्नीगढ जयगढ–५ का २ जनामा संक्रमण पुष्टि भएको हो ।

advertisement

यस्तै डडेल्धुरा उप–क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी अछामका ३६ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी दिएका छन् ।

उनका अनुसार अछामको साँफेबगर नगरपालिकाका २५, पञ्चदेवल बिनायक नगरपालिकाकाका १० र मेल्लेख गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डोटीको शिखर नगरपालिकाका १३, केआई सिंह गाउँपालिकाका २, जोरायल गाउँपालिकाका १ जना तथा बैतडीको सिगास गाउँपालिकाका २ जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

योसहित सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार १३४ पुगेको छ । तीमध्ये ४ हजार ४३ जना निको भएका छन् भने ९ जनाको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?