advertisement

योसँगै कोभिड–१९ संक्रमणका कारण चितवनमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। त्यसमध्ये उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ भने बाँकी एकजनाको मृत्युपछि कोभिड–१९ संक्रमण पुष्टि भएको हो। उपचारको क्रममा ज्यान गुमाएकामध्ये एकजना कैलालीका हुन्।

" /> भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु - Sarbocha Media

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

`

     २०७७ भाद्र ०४ गते १:००

काठमाडौं, ४ भदाै । चितवनमा बिहीबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत रत्ननगर–१३ का ६५ वर्षीय पुरुषको आज २ः५७ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ। ती पुरुषको भरतपुर कोभिड आइसियूमा उपचार भइरहेको थियो।

विगत ६ दिनदेखि उनको कोभिड–१९ आइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ। उनी दीर्घरोगी रहेको अस्पतालले जनाएकाे छ। क्षराेग, सेप्सिस, एकेआई तथा कोभिड १९ संक्रमणको कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।्

advertisement

योसँगै कोभिड–१९ संक्रमणका कारण चितवनमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। त्यसमध्ये उपचारको क्रममा ३ जनाको मृत्यु भएको छ भने बाँकी एकजनाको मृत्युपछि कोभिड–१९ संक्रमण पुष्टि भएको हो। उपचारको क्रममा ज्यान गुमाएकामध्ये एकजना कैलालीका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?