advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै ललितपुरमा ४ सय ९८, काठमाडौंमा ४ सय ३७ र भक्तपुरमा २ सय ३५ जना कारवाहीमा परेका हुन्।

सँगै निषेधाज्ञा उल्लघंन गरेका ६ सय ९८ दुई पाङ्ग्रे र १ सय ९५ चार पाङ्ग्रे सवारी साधन कारवाहीमा परेका छन्। कोरोना संक्रमण रोकथामका लागि सरकारले भदौ १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गरेको छ।

भक्तपुरमा निषेधाज्ञा तोड्ने २३६ जना नियन्त्रणमा
निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक हिँड्नेलाई प्रहरीले रोकेको छ। मर्निङ वाक र इभिनिङ वाकमा ननिस्किइ घरमै बस्नसमेत सुझाव दिएको छ। अनावश्यक काममा निस्किएको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुनेछ। ऐनमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

" /> निषेधाज्ञा उलंघन गर्ने १२ सय 'होल्ड'मा - Sarbocha Media

निषेधाज्ञा उलंघन गर्ने १२ सय ‘होल्ड’मा

`

     २०७७ भाद्र ०४ गते १०:२४

काठमाडौं, ४ भदाै  ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि उपत्यकामा लागू गरिएको निषेधाज्ञा उलंघन गर्नेलाई कारवाही गरिएको छ।

आवश्यक नपरी बाहिर निस्किएका करिब १२ सयलाई होल्ड गरेर छाडिएको प्रहरीले जनाएको छ। यसरी होल्ड गरिएकामध्ये ललितपुरमा करिब पाँच सय छन्। त्यसैगरी काठमाडौंमा साढे चार सय कारवाहीमा परेका छन् भने भक्तपुरमा साढे दुई सयजति कारवाहीमा परेका छन्।

निषेधाज्ञाको पहिलो दिन भएकाले उनीहरुलाई केही समय होल्ड गरेर छोडिएको प्रहरीले जनाएको छ। बुधबार राति १२ बजेदेखि नै निषेधाज्ञा लागू भएकाले अति आवश्यक नपरी निस्किएका ११ सय ७० जना कारवाहीमा परेका हुन्।

advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा धेरै ललितपुरमा ४ सय ९८, काठमाडौंमा ४ सय ३७ र भक्तपुरमा २ सय ३५ जना कारवाहीमा परेका हुन्।

सँगै निषेधाज्ञा उल्लघंन गरेका ६ सय ९८ दुई पाङ्ग्रे र १ सय ९५ चार पाङ्ग्रे सवारी साधन कारवाहीमा परेका छन्। कोरोना संक्रमण रोकथामका लागि सरकारले भदौ १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गरेको छ।

भक्तपुरमा निषेधाज्ञा तोड्ने २३६ जना नियन्त्रणमा
निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक हिँड्नेलाई प्रहरीले रोकेको छ। मर्निङ वाक र इभिनिङ वाकमा ननिस्किइ घरमै बस्नसमेत सुझाव दिएको छ। अनावश्यक काममा निस्किएको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुनेछ। ऐनमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?