पोखरा, २ भदौ। पोखरामा उपचारको क्रममा एकको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । ज्यान गुमाएकी उनी तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिला हुन् ।

सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । हिजो राति मृत्यु भएको महिलाको बिहान कोरोना पोजेटिभ भएको थाहा पाएको जनाइएको छ।




