बुटवल, ०२ भदौ। बाँकेमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
संक्रमित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत थिए । उनी नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको बताइएको छ। उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए ।
कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएको उनको सोमबार दिउँसो पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति उनको मृत्यु भएको जनाइएको छ।




