काठमाडौँ, १ भदौ । वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा–१० मा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार मकवानपुरमा उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।
तामाङको ३ दिनअघि स्वाब लिइएको थियो । सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आइसाेलेसनमा बसेकी छन् ।

काठमाडौंमा बैठकमा सहभागी भएर हेटौंडा फर्किएकी उनीमा कोरोना पुष्टि भएको हो । आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उनले सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । उनलाई सामान्य रुघाखोकी देखापरे पनि अन्य केही समस्या देखिएको थिएन ।




