काठमाडौं, १ भदौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठकले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।
सोमबार बिहान बालुवाटारमा बसेको बैठकले दुई अध्यक्ष केपी शमा ओली र पुष्पकमल दाहालको सहमतिमा बनेको कार्यदललाई अनुमोदन गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो ।
कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको माग थियो । शनिबार पनि अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर उनीहरुले सचिवालय बैठक माग गरेका थिए ।

त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको जनाइएको छ ।




