काठमाडौं, भदौ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको बताएका छन्।

पार्टीमा देखापरेको समस्या समाधान तथा देशको समसामयिक राजनीतिक विषयमा सचिवालय बैठकमा छलफल गरिने जनाइएको छ ।




