advertisement

ठग्ने योजना बनाएर युवतीलाई विश्वासमा पारिसकेका ती युवकले सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनका लागि भन्दै पटक पटक गरेर ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पठाउन लगाए। ती व्यक्तिले भनेजसैगरी युवतीलै ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पनि पठाइन्।

पैसा पाएपछि ती व्यक्ति सम्पर्कविहीन भएपछि युवतीले आफू ठगिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएकी थिइन्। तीनै युवतीको उजुरीको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले अफ्रिकी देश रिपब्लिक डी एनोग्लाका सिल्भा एन्टोनिओ डि कोस्टालाई शुक्रबार ठमेलबाट पक्राउ गरेको छ।

उनै कोस्टाले पुनः २० लाख रुपैयाँ भन्सार छुटाउन लागि आवश्यक परेको भन्दै ती युवतीलाई पैसा लिएर नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आउन भनेका थिए। उक्त होटलमा प्रहरीसहित पुग्दा उनी त्यहाँ थिएनन्। पछि उनले फेरि सोल्टी होटलमा ती युवतीलाई बोलाएका थिए। उनै कोस्टालाई ठमेलबाट प्रहरीले पक्राउ गरेको हो।

कोस्टाले पक्राउ परेकै दिन एक युवतीबाट ३७ हजार रुपैयाँ समेत ठगी गरेको पाइएको महाशाखाले जनाएको छ। कोस्टाले नक्कली नोटसमेत बनाउने गरेको पाइएको छ। नक्कली नोट बनाउन प्रयोग हुने केमिकल तथा कागजसमेत उनीबाट बरामद गरिएको महाशाखाले जनाएको छ।

पक्राउ परेका कोस्टा गत फागुन २४ गते नेपाल आएको पाइएको छ। त्यसपछि उनले यसैगरी युवतीलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए। प्रहरीले उनको साथबाट ३ लाख १५ हजार ७ सय ४५ नेपाली रुपैयाँ, ९०० अमेरिकी डलर, एटिएम कार्डहरु, ल्यापटप, नक्कली मुद्रा जस्तो देखिने १ हजारका नोट ३ थान, विभिन्न देशका मुद्रा, नककली नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, केमिकल, टेपलगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका कोस्टालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। ५ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु भएको छ।

" /> अफ्रिकी युवकले 'बिहे गर्छु' भन्दै नेपाली युवतीबाट ४८ लाख ठगे - Sarbocha Media

अफ्रिकी युवकले ‘बिहे गर्छु’ भन्दै नेपाली युवतीबाट ४८ लाख ठगे

`

     २०७७ श्रावण ३२ गते १:१८

काठमाडौं, ३२ साउन । मार्क एरोन नाम गरेका व्यक्तिले केही महिना पहिलादेखि एक नेपाली युवतीसँग इन्टाग्रममा कुराकानी गर्न सुरु गरे। इन्टाग्राममै भएको परिचयमा ती युवकले आफू लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको बताए। त्यसपछि नेपाली युवती ती व्यक्तिसँग झनै खुलेर कुराकानी गर्न थालिन्।

सञ्जालमै उनीहरूको यतिसम्म कुराकानी भयो कि, दुईबीच बिहे गर्ने पक्कापक्की नै भयो। विवाह गर्ने र आफ्नो हुनेवाला श्रीमतीलाई नेपाली नयाँ वर्षमा केही उपहार पठाउन लागेको ती युवकले नेपाली युवतीलाई सुनाए।

उपहारमा थिए, हिराको औंठी, महँगो घडी, सुनको सिक्री र दुई लाख तीस हजार पाउन्ड नगद। यी नेपाली युवतीलाई विश्वासमा दिलाउन ती व्यक्तिले यी सबै सामानको फोटो समेत खिचेर इन्टाग्राममा पठाए। बिहे गर्न लागेको युवकले उपहार पठाएको भनेर युवतीले विश्वास पनि गरिन्।

advertisement

ठग्ने योजना बनाएर युवतीलाई विश्वासमा पारिसकेका ती युवकले सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनका लागि भन्दै पटक पटक गरेर ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पठाउन लगाए। ती व्यक्तिले भनेजसैगरी युवतीलै ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पनि पठाइन्।

पैसा पाएपछि ती व्यक्ति सम्पर्कविहीन भएपछि युवतीले आफू ठगिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएकी थिइन्। तीनै युवतीको उजुरीको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले अफ्रिकी देश रिपब्लिक डी एनोग्लाका सिल्भा एन्टोनिओ डि कोस्टालाई शुक्रबार ठमेलबाट पक्राउ गरेको छ।

उनै कोस्टाले पुनः २० लाख रुपैयाँ भन्सार छुटाउन लागि आवश्यक परेको भन्दै ती युवतीलाई पैसा लिएर नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आउन भनेका थिए। उक्त होटलमा प्रहरीसहित पुग्दा उनी त्यहाँ थिएनन्। पछि उनले फेरि सोल्टी होटलमा ती युवतीलाई बोलाएका थिए। उनै कोस्टालाई ठमेलबाट प्रहरीले पक्राउ गरेको हो।

कोस्टाले पक्राउ परेकै दिन एक युवतीबाट ३७ हजार रुपैयाँ समेत ठगी गरेको पाइएको महाशाखाले जनाएको छ। कोस्टाले नक्कली नोटसमेत बनाउने गरेको पाइएको छ। नक्कली नोट बनाउन प्रयोग हुने केमिकल तथा कागजसमेत उनीबाट बरामद गरिएको महाशाखाले जनाएको छ।

पक्राउ परेका कोस्टा गत फागुन २४ गते नेपाल आएको पाइएको छ। त्यसपछि उनले यसैगरी युवतीलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए। प्रहरीले उनको साथबाट ३ लाख १५ हजार ७ सय ४५ नेपाली रुपैयाँ, ९०० अमेरिकी डलर, एटिएम कार्डहरु, ल्यापटप, नक्कली मुद्रा जस्तो देखिने १ हजारका नोट ३ थान, विभिन्न देशका मुद्रा, नककली नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, केमिकल, टेपलगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका कोस्टालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। ५ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?