advertisement

रुसी स्वास्थ्य अधिकारीहरुले यो संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको र यसको पहिलो ब्याच दुई हप्तामा आउने बताएका छन् । मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेको रूसको दाबी छ ।

" /> रूसले बनाएको भ्याक्सिन एक पटक लगाएपछि २ वर्षसम्म कोरोना नलाग्ने ! - Sarbocha Media

रूसले बनाएको भ्याक्सिन एक पटक लगाएपछि २ वर्षसम्म कोरोना नलाग्ने !

`

     २०७७ श्रावण ३२ गते ५:४६

एजेन्सी, ३२ साउन । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन एक पटक लिएपछि २ वर्षसम्म हुने जनाएको छ।

रुसी एक अधिकारीले यो भ्याक्सिनको असर थोरैमा दुई वर्षसम्म रहने बताएका छन् । उनले भ्याक्सिन लिएपछि २ वर्षसम्म कोरोना भाइरसबाट ढुक्क हुन सकिने बताएका हुन् ।

रुसी न्यूज एजेन्सी टीएसएसएसका अनुसार गामेलिया अनुसन्धान केन्द्रका निर्देशक अलेक्जेन्डर गिन्टसवर्गले रुसको कोरोना भ्याक्सिनको असर मात्र ६ महिना वा एक वर्षको मात्र नहुने र यसले दुई वर्षसम्म भाइरसबाट टाढा राख्ने दाबी गरेका छन् ।

advertisement

रुसी स्वास्थ्य अधिकारीहरुले यो संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको र यसको पहिलो ब्याच दुई हप्तामा आउने बताएका छन् । मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेको रूसको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?