बुटवल,३१ साउन । बुटवलमा एक कोरोना संक्रमितको ज्यान गएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयुमा राखेर उपचारका क्रममा कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । कपिलवस्तु घर भएका ४२ वर्षीय पुरुषकोशनिबार मृत्यु भएको हो ।
तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।




