वीरगञ्ज, ३१ साउन। पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।
वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको हो । उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट ग्रसित थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।




