advertisement

उनले अहिलेसम्म १६,७२८ सङ्क्रमित निको भइसकेको बताए। विगत २४ घण्टामा ६४ जना कोभिड-१९ मुक्त प्रमाणित भएका थिए।

मृतकहरूमध्ये धनुषा जिल्लाका दुई जना र काठमाण्डू, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एक जना छन्।

ती मध्ये दुई महिला र छ पुरुष छन्। उनीहरू ३२ देखि ७८ वर्षका थिए। विगत सात दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मन्त्रालयले सोमवार ३३८ जना र मङ्गलवार ६३८ जनामा सङ्क्रमण भएको र चार-चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

" /> काेराेनबाट थप ८ जनाकाे मृत्यु, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९१ पुग्याे - Sarbocha Media

काेराेनबाट थप ८ जनाकाे मृत्यु, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९१ पुग्याे

`

     २०७७ श्रावण २८ गते ११:०६

काठमाडाैं, २८ साउन । नेपालमा कोनाभाइरसका कारण थप आठ जनाको मृत्यु भएको र ४८४ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो एकै दिनमा पुष्टि भएको मृत्यु भएको सर्वाधिक सङ्ख्या हो। यससँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ।

सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २४,४३२ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण छ।

advertisement

उनले अहिलेसम्म १६,७२८ सङ्क्रमित निको भइसकेको बताए। विगत २४ घण्टामा ६४ जना कोभिड-१९ मुक्त प्रमाणित भएका थिए।

मृतकहरूमध्ये धनुषा जिल्लाका दुई जना र काठमाण्डू, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एक जना छन्।

ती मध्ये दुई महिला र छ पुरुष छन्। उनीहरू ३२ देखि ७८ वर्षका थिए। विगत सात दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मन्त्रालयले सोमवार ३३८ जना र मङ्गलवार ६३८ जनामा सङ्क्रमण भएको र चार-चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?