जनकपुरधाम, २८ साउन। जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालकको कोरोनाबाट ज्यान गएको छ ।
राजधानी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । उनी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए ।
मंगलबार राति १२ बजेतिर मृत्यु भएको बताइएको छ। पछिल्लो तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए ।

उपचार गर्न अस्पताल भर्ना भएकै समयममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।




