advertisement

बाँके जिल्ला कोहलपुर नगरपालिका– २ की ७० वर्षीया महिलाकाे नेपालगन्ज मेडिकल कलेजमा आइतबार मृत्यु भएको हो । उनी उच्च रक्तचापको बिरामी भएको गौतमले जानकारी दिए ।

त्यसैगरी पर्सा जिल्लाकी ४५ वर्षीया महिलाको पनि आइतबार निधन भएको छ । नारायणी कोभिड अस्थायी अस्पतालमा उनको निधन भएको हो ।

" /> कोरोना संक्रमित थप चारजनाको मृत्यु - Sarbocha Media

कोरोना संक्रमित थप चारजनाको मृत्यु

`

     २०७७ श्रावण २६ गते ११:३७

काठमाडाैं, २६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई महिला र दुई पुरुषको मृत्यु भएको हो । थप चारजनाकाे निधन भएसँगै देशभर संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका– १० का ७६ वर्षीय पुरुषको सोमबार मेडिकेयर अस्पतालमा निधन भएको हाे।

त्यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिकाका ६४ वर्षीय पुरुषको पनि सोमबार निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

advertisement

बाँके जिल्ला कोहलपुर नगरपालिका– २ की ७० वर्षीया महिलाकाे नेपालगन्ज मेडिकल कलेजमा आइतबार मृत्यु भएको हो । उनी उच्च रक्तचापको बिरामी भएको गौतमले जानकारी दिए ।

त्यसैगरी पर्सा जिल्लाकी ४५ वर्षीया महिलाको पनि आइतबार निधन भएको छ । नारायणी कोभिड अस्थायी अस्पतालमा उनको निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?