मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

`

     २०७७ श्रावण २६ गते ९:२६

काठमाडौँ, २६ साउन । भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत एक जना बृद्धको मृत्यु भएको छ । सोमबार बिहान कंलकी निवासी ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालका अनुसार उनको बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । उनका अनुसार संक्रमित कलेजोका साथै मधुमेहका बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?