काठमाडौं ,२६ साउन । मोरङका जिल्ला अदालत एकजना न्यायाधीशमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
न्यायाधीशमा कोरोना संक्रमण पुष्टि सोमबार भएको जनाइएको छ। उनमा कोरोना संक्रमण देखिएपछि क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको बताइएको छ।
विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । अस्पतालका अनुसार सोमबार एकजना डाक्टर र एकजना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ पुगेको छ । हिजो(शनिबार) पनि त्यहाँका दुईजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।




