काठमाडौं, २६ साउन। काठमाडौको महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जना ३ प्रहरीमामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित मेट्रो कन्ट्रोल पनि भनिने त्यहाँ करिब एक सय जना कार्यरत रहेको जनाइएको छ। संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको गर्ने भएको छ ।
यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।




