काठमाडौं, २५ साउन । आइतबार काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ९२ जना संक्रमित थपिएको जानकारी दिए।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ९० र ललितपुरका २ जना छन्। उनीहरूको उपत्यकाका सात वटा प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।
शनिबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए। आज देशभर भने ३ सय ८० संक्रमित थपिएका छन्।




