काठमाडौं,२५ साउन । पोखरामा एक जना कोरोना संक्रमितको ज्यान गएको छ। उपचाररत एकजना कोरोना संक्रमित पुरुषको ज्यान गएको हो ।
पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा शनिबार राति ज्यान गएको जनाइएको छ।

अस्पतालका अनुसार साउन १७ गते अस्पताल भर्ना गरिएको उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए ।




