advertisement

तर, दाहाल–नेपाल समूह अब ओलीसँग वारपारको लडाईमा उत्रिएको छ । यसको संकेत काठमाडौंमा हिजो (बुधबार) आयोजित आफूहरुनिकट पत्रकारहरुसँगको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले पार्टीमा अब खराबभन्दा खराब अवस्थापनि आउन सक्ने भन्दै तयार रहन आग्रह गरेर गरिसकेका छन् ।

ओलीले साउन १३ गते एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित् गरेपछि दाहाल रुष्ट छन् । दाहाल–नेपालनिकट एक सांसदले ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी भएको जानकारी दिएका छन् ।

" /> ओलीलाई संसदीय दलको नेताबाट हटाउने दाहाल-नेपालको तयारी ! - Sarbocha Media

ओलीलाई संसदीय दलको नेताबाट हटाउने दाहाल-नेपालको तयारी !

`

     २०७७ श्रावण २२ गते ३:११

काठमाडौं, २२ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

असार १० गतेदेखि सुरू भएको स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेका थिए । तर, अहिले उपाध्यक्ष गौतम ओलीले राजीनामा दिन नपर्ने अडानमा आएका छन् । गौतमले पार्टी एकता जोगाउनको लागि ६ बुँदे प्रस्तावसमेत अघि सारेका छन् ।

सोही प्रस्तावको केन्द्रविन्दूमा रहेर छलफल हुनुपर्ने उनको अडान छ । प्रधानमन्त्री ओलीपनि वामदेवको प्रस्तावमा सकारात्मक देखिएका छन् ।

advertisement

तर, दाहाल–नेपाल समूह अब ओलीसँग वारपारको लडाईमा उत्रिएको छ । यसको संकेत काठमाडौंमा हिजो (बुधबार) आयोजित आफूहरुनिकट पत्रकारहरुसँगको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले पार्टीमा अब खराबभन्दा खराब अवस्थापनि आउन सक्ने भन्दै तयार रहन आग्रह गरेर गरिसकेका छन् ।

ओलीले साउन १३ गते एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित् गरेपछि दाहाल रुष्ट छन् । दाहाल–नेपालनिकट एक सांसदले ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी भएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?