प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० प्रहरीमा कोरोना संक्रमण

`

     २०७७ श्रावण २२ गते १०:४६

काठमाडाैं, २२ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप दश प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यो सँगै प्रधान कार्यालयमा कार्यरत संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ ।

त्यसैगरी अख्तियारमा कार्यरत ८ जना प्रहरीमा पनि कोरोना देखिएको छ । त्यसैगरी प्रहरी विपद् व्यवस्थापन गणका केही प्रहरीमा समेत संक्रमण देखिएको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?