सरकारी कर्मचारीहरुमा कोरोना संक्रमण फैलिएपछि कार्यालय बन्दै हुँदै

`

     २०७७ श्रावण २२ गते १:५७

काठमाडौं, २२ साउन । देशमा लकडाउन खुलेसंगै सरकारी कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।सर्वोच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका कर्मचारीमा कोरोना संक्रमण फेला परेपछि कतिपय सरकारी कार्यालय बन्दै हुँदै गएको छ ।

संक्रमण बढ्दै गएपछि विज्ञहरूले फेरि देशलाई लकडाउन गर्न सरकारलाई सुझाब दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले अबको रणनीतिबारे विज्ञसँग छलफल गरेका थिए । आज बिहीबार मन्त्रिपरिषद् बैठकबाट लकडाउनमा जाने वा अन्य विकल्प अपनाउनेबारे निर्णय लिइने जनाइएको छ ।

लकडाउन खुलेसँगै सरकारी कर्मचारी र सुरक्षाकर्मीमा संक्रमण बढ्न थालेको छ । बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र उनकी पत्नीसहित १६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वीरगन्जका मेयर विजय सरावगी कोभिड–१९ उपचारमै छन् । महानगरको सेवा बन्द हुने अवस्थामा छ । यस्तै, पर्सा जिल्ला कारागार प्रमुखको रिपोर्ट पनि पोजिटिभ आएको छ ।

काठमाडौं नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत ७५ जनामा संक्रमण देखिएको छ । तीमध्ये बढी सवारी तथा एमटी शाखामा कार्यरत प्रहरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?