advertisement

काठमाडौंमा पनि एक जनाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको छ। साउन १९ गते कोरोना पुष्टि भएकी सर्लाही मलंगवा–६ की ६५ वर्षीया महिलाको बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको जनाइएको छ।

" /> नेपालमा कोरानाको भयावह : एकै दिन कोरोना संक्रमणबाट छको ज्यान गयो - Sarbocha Media

नेपालमा कोरानाको भयावह : एकै दिन कोरोना संक्रमणबाट छको ज्यान गयो

`

     २०७७ श्रावण २२ गते १:१२

काठमाडौं, २२ साउन । नेपालमा लकडाउन खुले लगतै कोरोना भाइरसको संक्रमणबाट दिनहुँ मृत्यु भएको पइएको छ । हिजो एक दिनमा नै ६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

पर्सा र मोरङमा दुईदुई र सप्तरी र काठमाडौंमा एक–एक गरेर बुधबार ६ जनाको मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतकहरुको कोरोनाबाट ज्यन गएको पुष्टि नगरेपनि सम्बन्धित अस्पतालले भने कोरोनाकै कारण थप छ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

पर्सामा कोरोनाले बुधबार दुई जनाको मृत्यु भएको छ। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका –८ की १८ वर्षीया युवतीमा पनि गएराति कोरोना पुष्टि भएको छ।

मोरङमा बुधबार कोरोनाले दुई पुरुषको मृत्यु भएको छ। मृत्यु हुने मध्ये एक विराटनगर र एक रंगेलीका हुन्। कोशी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ। त्यसैगरी मोरङकै रंगेली नगरपालिका–८ का ४५ वर्षीय अर्का एक पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको छ।

advertisement

काठमाडौंमा पनि एक जनाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको छ। साउन १९ गते कोरोना पुष्टि भएकी सर्लाही मलंगवा–६ की ६५ वर्षीया महिलाको बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?