ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित

`

     २०७७ श्रावण २१ गते ११:४९

काठमाडौं, २१ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज साँझ हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

दुई अध्यक्षबीच तय भएको भेटवार्ताको कार्यक्रम स्थगित भएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

बैठक बिहीबार बिहान बस्ने तय भएको समेत उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?