advertisement

पोखरिया–८ जगतपुर घर भएको उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । उनी संगै कोरोना संक्रमणबाट पर्सामा अहिलेसम्म १३ जनाको ज्यान गएको छ।

" /> पर्सामा कोरोना संक्रमणबाट १८ वर्षीया युवतीको मृत्यु, ज्यान जनाको संख्या १३ पुग्यो - Sarbocha Media

पर्सामा कोरोना संक्रमणबाट १८ वर्षीया युवतीको मृत्यु, ज्यान जनाको संख्या १३ पुग्यो

`

     २०७७ श्रावण २१ गते ३:०४

वीरगञ्ज, २१ साउन । पर्सामा पखाला लागेर अस्पताल लैजाँदै गर्दा बीच बाटोमा नै ज्यान गएको एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको मृत्यु गत सोमबार भएको थियो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।

उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

advertisement

पोखरिया–८ जगतपुर घर भएको उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । उनी संगै कोरोना संक्रमणबाट पर्सामा अहिलेसम्म १३ जनाको ज्यान गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?